रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी गस्ती टोलीले दुई लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छली गरिएका विभिन्न सामान बरामद गरेको छ ।
सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा भित्र्याइएका कपडा, किराना तथा कस्मेटिक सामग्रीहरू प्रहरीले बरामद गरेको हो ।
गौर भन्सारस्थित सुरक्षा गस्ती टोलीले चेकजाँचका क्रममा १ लाख २० हजार ५०३ रुपैयाँ बराबरको सामान बरामद गरेको छ । त्यस्तै जिल्ला प्रहरीको टोलीले गौर बसपार्क नजिकैबाट थप अवैध सामग्री नियन्त्रणमा लिएको रौतहट प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक कुमार रायले जानकारी दिए ।
बरामद सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी रायले बताए ।