×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य पदमा रौतहटका रवि जयसवाल मनोनीत भएका छन् ।

गरुडा निवासी जसवाललाई पार्टीको विधान, नीति तथा सिद्धान्तअनुसार उक्त जिम्मेवारी प्रदान गरिएको रास्वपाले जनाएको छ । पार्टीका महामन्त्री भूप देव शाह द्वारा हस्ताक्षरित पत्रमार्फत उनको मनोनयन गरिएको हो ।

मिति २०८३ जेठ ८ गते जारी गरिएको पत्रमा जयसवालले विभागको नियमावली तथा कार्यविधिअनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

रास्वपाले पछिल्लो समय आफ्ना केन्द्रीय विभागलाई थप सुदृढ र सक्रिय बनाउने अभियान अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँट गरिरहेको बताइएको छ ।

Back to top