×

वीरगञ्ज । थारु समुदायको मौलिकपन झल्काउने नयाँ थारु गीत सन सन बाँहे पूर्व सार्वजनिक भएको एक महिना बितिसकेको छ, र यो गीत दर्शक तथा स्रोतामाझ निकै रुचाइएको छ। यस गीतमा मुख्य अभिनय दिपेन्द्र चौधरी र प्रतिभा चौधरीले गरेका छन्।

आर.के. थारु र अन्नु चौधरीको आवाज रहेको यस गीतका शब्द सावनले लेखेका हुन् भने संगीत तथा एरेन्ज पुष्कर महतोले गरेका छन्। मिक्सिङ तथा मास्टरिङ कार्य पनि महतोकै रहेको छ।

ढोलक तथा तबला वादनमा सुधीर चौधरी र महेश मनी, बेस गिटारमा अनुप, म्यान्डोलिनमा रिजेन बडु तथा सारङ्गीमा हेमन्त कंशा सहभागी छन्। कोरस गायनमा समीक्ष्या चौधरी र सोनु कुश्मीले साथ दिएका छन्।

भिडियो पक्षमा बिकाश गुरुङले छायांकन तथा सम्पादन गरेका छन् भने भिडियोको अवधारणा तथा निर्देशन सावनले गरेका हुन्। प्रेम चौधरीको कोरियोग्राफी रहेको यस गीतको व्यवस्थापन, स्टिल तथा बिहाइन्ड द सीनको जिम्मेवारी राज गुप्ताले सम्हालेका छन्। मुस्कान चौधरीले पहिरन डिजाइन गरेकी छिन् भने मेकअप कार्य बियान्शा ठकुरीले गरेकी छिन्। सहायकको रूपमा अनिल चौधरी रहेका छन्।

गीतको निर्माण अजय कुमारको लगानीमा गरिएको हो भने पोस्ट–प्रोडक्सन कार्य बीएस मेकर स्टुडियो, सिमरामा सम्पन्न गरिएको छ।

यस गीतको भिडियोमा रेशमा चौधरी, इभा शाह, सन्ध्या कुशवाहा, जानवी चौधरी, अनिता चौधरी, करुणा चौधरी, मधु चौधरी, अश्मिता चौधरी, सोनम चौधरी, अर्चना चौधरी, ऋधिमा चौधरी, प्रितमा चौधरी, स्नेहा चौधरी, प्रिया चौधरी, आरती चौधरी र सादिका चौधरीले नृत्य प्रस्तुत गरेका छन्।

बि एण्ड जि इन्टरटेनमेन्ट नेपाल नामक युट्युब च्यानलमा सार्वजनिक भएको यस गीतको भिडियोलाई छोटो समयमै एक लाख बढीले हेरिसकेका छन्। दर्शकहरूको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

थारु समुदायको संस्कृति झल्काउने यस गीतलाई अझै बढी दर्शक तथा स्रोताले मन पराउने अपेक्षा गरिएको छ।

यसअघि नै दिपेन्द्र चौधरीकै अभिनयमा रहेको ‘तोहरा बिन’ गीत रिलिज भइसकेको छ, जसलाई दर्शकहरूले अत्यधिक मन पराएका थिए। 

 

Back to top