वीरगञ्ज । संगीतप्रेमी दर्शकहरूका लागि प्रतिक्षित हिन्दी गीत “बेदर्द हुए” हालै सार्वजनिक भएको छ । अडियो भिजन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो गीतमा भारतीय चर्चित गायक ध्रुविन मेवाडाको सुमधुर आवाज रहेको छ भने खुश्बु मयंकको मनछुने शब्दहरूले गीतलाई थप प्रभावशाली बनाएको छ ।
भारतीय चर्चित गायक ध्रुविनको गीतको भिडियोमा नेपाली कलाकार सुबी (सुविद्या) खनाल, मनिष राउत, सुधा क्षेत्री र आशिष पराजुलीले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । विशेष गरी सुबी खनाल र मनिष राउतको भावनात्मक अभिव्यक्तिले दर्शकहरूको मन छोएको छ । उनीहरूको प्रस्तुति अत्यन्तै सशक्त देखिएको छ, जसले गीतको भावनालाई जीवन्त बनाएको छ ।
मनिष राउतको निर्देशनमा बनेको म्युजिक भिडियोलाई सिनेमाटोग्राफर स्वोमिक गौतमले आकर्षक ढंगले क्यामेरामा कैद गरेका छन् । सम्पादनको जिम्मेवारी बन्दे प्रसादले सम्हालेका छन् भने रंग संयोजन (कलर करेक्सन) प्रविन ढकालले गरेका छन् । मेकअप आर्टिस्ट अनिता थापाको सौन्दर्य सिर्जनाले कलाकारहरूको लुक्सलाई थप हेर्न लायक बनाएको छ ।
“बेदर्द हुए” अहिले विभिन्न डिजिटल प्लेटफर्महरू अमेजन, स्पोटिफाइ, एप्पल म्युजिक, युट्युब म्युजिक, आइट्युन, रील्स, टिकटक, युट्युब, रेसो, सावन, गाना लगायतमा उपलब्ध छ । गीतले छोटो समयमै दर्शकहरूको मन जित्न सफल भएको छ ।
यस म्युजिक भिडियोको कथा, निर्देशन र कलाकारहरूको अभिनयले प्रेम, पीडा र विछोडलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ । सुबी खनाल र मनिष राउतको अभिनय यात्रालाई यो गीतले थप उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
सुबिले यसअघि चञ्चली नक्कली मोरी, दुनियाँ तलाई सलाम छ, के छ खबर, टुट्ने छैन लगायतका गीतका भिडियोमा अभिनय गरीसकेकी छन् । चञ्चली नक्कली मोरी गीतको भिडियो भने एक मिलियन भन्दा धेरैले हेरीसकेका छन् ।