×

भारतीय फिल्मको सुपरहिरो फ्रेन्चाइज ‘कृष ४’को बारेमा महत्वपूर्ण अपडेट छ । १२ वर्षदेखि यो फिल्मलाई लिएर धेरै चर्चा भए पनि यो कुरा अघि बढेको थिएन । यसो हुनुमा मुख्य कारण भारी बजेट थियो ।

यतिबेला भने फिल्म निर्माणको लागि राकेश रोशनले यशराज फिल्म्सका आदित्य चोपडासँग लागि हात मिलाएका छन् । ऋतिक रोशन ‘क्रिस ४’मा फेरि सुपरहिरो बन्ने मात्र होइन, यो फिल्मबाट निर्देशकको रुपमा पनि डेब्यु गर्नेछन् ।

राकेश रोशन आफैंले आदित्य चोपडासँग मिलेर फिल्म बनाउने कुरा पुष्टि गरेका छन् । सन् २०२६ को सुरुवातमा फिल्मको छायांकन हुने जनाइएको छ । ‘पिंकभिल्ला’को रिपोर्टअनुसार ऋतिकले ‘क्रिस ४’मा शीर्ष अभिनेता र निर्देशक दुवैको भूमिका निर्वाह गर्नेछन् ।

सन् २००३ मा ‘कोई मिल गया’बाट सुरु भएको ‘क्रिस’ भारतीय सिनेमाको सबैभन्दा ठूलो सुपरहिरो फ्रेन्चाइज हो । सन् २००६ मा ‘क्रिस’ र त्यसपछि सन् २०१३ मा ‘क्रिस ३’ रिलिज भयो । यी तीनवटै चलचित्र बक्स फिसमा सुपर-डुपर हिट भएका छन् ।

Back to top