×

मुम्बई । बलिउडमा कलाकारहरूलाई लिएर फ्यानहरू पागल हुनु सामान्य कुरा हो । तर जब तपाईंलाई जानकारी नदिई तपाईंको घरमा फ्यान पस्छ भने तब के हुन्छ? मलाइका अरोरासँग पनि यस्तै भएको छ। 

आफ्नो बैठक कोठामा अचानक एउटी अपरिचित युवती बसिरहेको देखेर छक्क उनी परिन्। सबैभन्दा डरलाग्दो कुरा त ती युवती झोलामा कैँची पनि थियो। मलाइका आफैँले यो घटना साझा गरेकी हुन्।

बलिउड बबललाई दिएको एक अन्तर्वार्तामा मलाइकाले भनिन्, ‘म माथिल्लो तलाको कोठामा तयार हुँदै थिएँ। जब म तल आएँ, मैले मेरो बैठक कोठामा एउटी युवती बसिरहेको देखें। म बुझ्न सकिन कि उनी को थिइन् र कसरी यहाँ आइपुगिन्। मलाई केही थाहा थिएन । उनी त्यहीँ बसिरहिन्।

उनले अगाडि भने, 'मैले ध्यानपूर्वक हेर्दा, उनको झोलामा कैँची जस्तो केही थियो। वास्तवमा, म अलि डराएको थिएँ। त्यसपछि मैले बुझेँ कि उनी मेरो ठुलो प्रशंसक रहेछिन् । तर उसको तरिका अलि अनौठो थियो। मैले आफूलाई शान्त राखेँ र परिस्थितिलाई सम्हाल्ने प्रयास गरेँ।’

फिल्मबाट टाढा रहे पनि मलाइका निरन्तर चर्चामा आइरहन्छिन्। उनी रियालिटी शोकी मनपर्ने निर्णायक हुन् र फिटनेसको क्षेत्रमा पनि उनलाई प्रेरणाको स्रोत मानिन्छ। 

यसबाहेक, उनी धेरै फेसन र जीवनशैलीसँग सम्बन्धित ब्रान्डहरूको हिस्सा हुन्। हालै उनको नयाँ रेस्टुरेन्ट सुरु भएको छ ।

Back to top