काठमाडौं । कलाकार सुबि खनाल अभिनीत नयाँ म्युजिक भिडियो ‘प्रेमको गीत’ सार्वजनिक भएको छ । हालै म्युजिक भिडियोमा सक्रियता बढाउँदै गरेकी खनालले यस गीतमार्फत फेरि एकपटक दर्शकको ध्यान तानेकी छन् ।
गायिका रोजिना बस्नेत र गायक रञ्जन राईको सुमधुर स्वरमा सजिएको ‘प्रेमको गीत’ मा इन्द्रजित भुलले शब्द भरेका छन् भने संगीतकार मित्र केसीले संगीत दिएका छन् । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् । यो गीत अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।
म्युजिक भिडियोमा निर्देशक आशिष थापाले निर्देशन गरेका छन् । भिडियोमा सुबि खनालसँगै कलाकार गणेश पौडेलको अभिनय देख्न सकिन्छ । भिडियोलाई गोविन्द भण्डारीले खिचेका हुन् भने सम्पादन र पब्लिसिटी डिजाइनको जिम्मेवारी निरञ्जन केसीले सम्हालेका छन् ।
सुबि खनालका लागि यो भिडियो अर्को सशक्त कामका रूपमा रहेको छ । यसअघि पनि थुप्रै गीतमा अभिनय गरिसकेकी खनाल पछिल्लो समय म्युजिक भिडियोमा निकै सक्रिय हुँदै आएकी छन् ।