×

वीरगञ्ज । बलिउडमा यस्ता धेरै अभिनेत्रीहरू रहेका छन्, जसले विवाह गरेको केही वर्षपछि सम्बन्ध विच्छेद गरेका थिए ।

यस्तो अवस्थामा यी सुन्दरीले फेरि बिहे नगरी बस्न पुगेका छन् र अहिले पनि उनीहरू सिङ्गल नै रहेका छन् । चाहे करिश्मा कपूर हुन् वा सामन्था रुथ प्रभु, उनीहरूको सम्बन्ध विच्छेद भएको धेरै वर्ष भइसक्यो । यद्यपि यी सुन्दरीहरू अझै एकल जीवन बाँचिरहेका छन् । आउनुहोस्, बलिउडमा सबन्ध विच्छेद पछि एकल जीवन जिउनेहरूको पहिचान गरौँ ।

मलाइका अरोराले १९९८ मा अरबाज खानसँग विवाह गरेकी थिइन् । जसवाट उनीहरूको एक छोरा अरहान पनि छन् । तर, विवाह गरेको १९ वर्षपछि २०१७ मा उनीहरूको सम्बन्ध विच्छेद भयो । त्यसपछि उनले फेरि बिहे गरिनन् । एक्लै जीवन बिताइरहेकी छिन् ।

कुशा कपिलाले सन २०१७ मा व्यापारी जोरावर सिंह अहलुवालियासँग विवाह गरिन् । यद्यपि तिनीहरूले २०२३ मा सम्बन्ध विच्छेद गरे र अहिले पनि उनी एकल जीवन बिताइरहेकी छिन् ।

अर्की अभिनेत्री मनिषा कोइरालाले सन् २०१० मा सम्राट दाहालसँग विवाह गरेकी दुई वर्षपछि सम्बन्ध विच्छेद गरिन् । त्यस बेलादेखि हालसम्म नायिका कोइरालाले पुनः विवाह गरेकी छैनन् । उनी अझै एकल जीवन बिताइरहेकी छिन् ।

उता, श्वेता तिवारीले एक पटक होइन, दुई दुई पटक बिहे गरिन तर दुवै पटक उनको डिभोर्स भयो । नायिकाले पहिलो विवाह सन् १९९८ मा राजा चौधरीसँग गरेकी थिइन् र उनीसँग सन् २००७ मा सम्बन्ध विच्छेद भएको थियो । यसपछि अभिनेत्रीले २०१३ मा अभिनव कोहलीलाई आफ्नो पार्टनर बनाइन् तर २०१९ मा उनीहरूको सम्बन्ध टुट्यो । अहिले श्वेताले आफ्ना सन्तानलाई सिङ्गल मदरका रूपमा हुर्काउँदै छिन् ।

सामन्था रुथ प्रभुले २०१७ मा नागा चैतन्यसँग विवाह गरेकी थिइन् तर २०२१ मा सम्बन्ध विच्छेद गरेर दुवैले छुट्टिए । उता, सन् २०२४ मा नागा चैतन्यले शोभिता धुलिपालासँग दोस्रो विवाह गरे पनि सम्बन्ध विच्छेद भएको ४ वर्षपछि पनि सामन्था भने एकल जीवन बिताइरहेकी छिन् ।

करिश्मा कपुरले सन् २००३ मा सञ्जय कपुरसँग विवाह गरेकी थिइन् । १३ वर्षको विवाह पछि २०१६ मा उनीहरूको सम्बन्ध विच्छेद भयो र अहिले अभिनेत्री करिश्मा एक्लो जीवन बिताइरहेका छिन् ।

महिमा चौधरी सन् २००६ मा बबी चौधरीसँग विवाह गरेकी थिइन् । तर सन २०१३ मा उनीहरूको सम्बन्ध विच्छेद भयो । अभिनेत्रीको सम्बन्ध विच्छेद भएको १२ वर्ष भइसक्यो तर उनले अझै विवाह गरेकी छैनन् ।

Back to top