×

नयाँ दिल्ली । गत महिना बलिउड गायिका सोनु कक्कडले सार्वजनिक रूपमै आफ्ना भाइ टोनी र बहिनी नेहासँगको सम्बन्ध अन्त्य गर्न लागेको भन्दै पोस्ट गरेकी थिइन् । तर यसको केही दिनपछि तिनै जना आफ्ना आमाबाबुको वार्षिकोत्सवमा सँगै नाचिरहेको देखिए । तस्बिरहरू बाहिर आएदेखि नै तीन जना बिचको मेलमिलापको खबर तीव्र भएको छ । 

आइतबार नेहा कक्कडले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा आमा बाबुको बिहेको वार्षिकोत्सवका कयौँ तस्बिर र भिडियोहरू पोस्ट गरेकी थिइन् । एउटा तस्बिरमा, सोनु कक्कड आफ्ना आमाबाबु, भाइ टोनी र बहिनी नेहासँग पोज दिइरहेको देखिन्छिन् सोनु यसबाहेक अन्य कुनै पनि तस्बिर वा भिडियोमा देखिएकी छैनन् । आपसी मतभेदका बिचमा यी तीन जना आमाबाबुको विशेष दिन मनाउन एकसाथ आएको अड्कल गरिएको छ । 

अप्रिल १२ मा सोनु कक्कडले आफ्नो आधिकारिक एक्स प्लेटफर्ममा आफ्नो भाइ–बहिनीसँग सम्बन्ध तोड्ने घोषणा गरेकी थिइन । ‘म तपाईंहरू सबैलाई यो जानकारी गराउन पाउँदा धेरै दुःखी छु कि म अब दुई प्रतिभाशाली सुपरस्टार नेहा कक्कड र टोनी कक्कडकी दिदी रहिनँ । मैले यो निर्णय गहिरो भावनात्मक पीडाका साथ गरेको छु र म आज साँच्चै दुःखी छु’ उनले लेखेकी थिइन् । 

भाइ र बहिनीसँग होली मनाएको एक महिनापछि आएको सोनूको यो पोस्ट फ्यानहरू चकित भएका थिए । सो अवसरका तस्बिरहरूसँगै नेहाले ‘हामी कहिले छुट्टिने छैनौँ’ भनेर क्याप्सन लेखेकी थिइन् । सोनूको पोस्टपछि टोनी कक्कडको जन्मदिनको पार्टीको तस्बिरमा सोनूबाहेक सारा कक्कड परिवार उपस्थित थियो । सोनुले सामाजिक सञ्जालमा भाइ र बहिनीलाई अनफलो भने गरेकी छैनन् । 

तीन जनामा सोनू सबैभन्दा जेठी हुन् भने नेहा सबैभन्दा कान्छी हुन् । सोनु २००३ देखि सङ्गीत क्षेत्रको हिस्सा हुन् । दम फिल्मको ‘बाबुजी जरा धीरे चलो’ गीतबाट पार्श्व गायनमा उनले डेब्यू गरेकी थिइन् । यो गीतबाट सोनूले निकै लोकप्रियता हासिल गरिन् । 

Back to top