×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४, भाटभटेनी सुपरमार्केट पछाडि रहेको हवेली क्याफे र सेभेन सीज होटल विरुद्ध ग्राहक ठगीको गुनासो सार्वजनिक भएको छ।

गुनासोअनुसार उक्त क्याफेमा खाना खाइसकेपछि कुनै पूर्वजानकारीबिना बिलमा रु. ३५० ‘क्याबिन चार्ज’ थप गरिएको पाइएको छ। ग्राहकलाई सो शुल्कबारे पहिले कुनै जानकारी नदिइएको बताइएको छ।

त्यसैगरी, बिल माग गर्दा हवेली क्याफेको सट्टा ‘सेभेन सिज होटल’ को नाममा बिल उपलब्ध गराइएको समेत आरोप छ। यसले सेवा शुल्कको नाममा अनियमित तथा अपारदर्शी कारोबार भएको आशंका थप बलियो बनाएको छ।

ग्राहकको भनाइमा, यस्तो अतिरिक्त शुल्कबारे स्पष्ट जानकारी नदिई रकम असुल्नु सेवा शुल्क हो कि खुलेआम ठगी हो भन्ने प्रश्न उठेको छ।

स्थानीय उपभोक्ताहरूले सम्बन्धित निकायलाई तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

Back to top