वीरगञ्ज । बहुदरमाई युवा क्लबको आयोजनामा तथा बहुदरमाई नगरपालिकाकी उपप्रमुख श्रीमती सुष्मा कुशवाहाको विशेष सहयोगमा तेस्रो बृहत् रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
समाजमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने तथा आवश्यक परेका बिरामीहरूलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, बुद्धिजीवी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बहुदरमाई नगरपालिकाकी उपप्रमुख श्रीमती सुष्मा कुशवाहा सहभागी भएकी थिइन्। विशिष्ट अतिथिका रूपमा वडा नम्बर ३ का वडा अध्यक्ष दिनेश प्रसाद यादव उपस्थित थिए भने वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, वडा नम्बर ६ का वडा अध्यक्ष प्रमोद प्रसाद साह तथा वडा नम्बर ९ का वडा अध्यक्ष रवि गुप्ता अतिथिका रूपमा सहभागी भएका थिए।
यसैगरी समाजसेवी शिव पटेल, पन्नालाल साह तेली, राकेश यादव, सोधा प्रसाद यादव, चन्दन प्रसाद यादव, बालदेव साह तुराहा, रामविजय प्रसाद यादव, रामअशिश प्रसाद यादव तथा रामअजोध्या प्रसाद यादवलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा श्री महावीर साह माध्यमिक विद्यालयका प्राध्यापक रवि भूषण, शिक्षक पन्नालाल सर, सुदर्शन सर तथा जे.पी.एस. विद्यालयका प्राध्यापक रवि सरको समेत सहभागिता रहेको थियो। साथै बहुदरमाई युवा समाजका अध्यक्ष राकेश तिवारी, बहुदरमाई युवा क्लबका सदस्यहरू, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा स्थानीय व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा ठूलो संख्यामा युवाहरूले रक्तदान गर्दै मानवीय सेवाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए। सहभागीहरूले रक्तदान जीवनदान भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
आयोजक बहुदरमाई युवा क्लबले रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा रक्तदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।