×

वीरगञ्ज । नेपाल प्रहरीमा तीन दशकभन्दा लामो समय सेवा पुर्‍याएका प्रहरी सहायक निरीक्षक (सई) दिलीप दासलाई अवकाश प्राप्तिको अवसरमा भव्य समारोहका बीच सम्मानपूर्वक नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज पर्साले  बिदाइ गरिएको छ।

कृष्ण बहादुर पाली मगरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश प्राप्त गरेका सई दिलीप दासलाई परम्पराअनुसार घोडामा राखेर सम्मानसहित बिदाइ गरिएको हो।

बिदाइ समारोहमा प्रहरी अधिकृत, प्रहरी जवान तथा अन्य सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले नेपाल प्रहरी संगठनमा सई दासले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनको समर्पण, अनुशासन र कर्तव्यनिष्ठाको उच्च मूल्यांकन गरेका थिए।

लामो समयसम्म संगठनप्रति इमानदार र जिम्मेवार ढंगले सेवा पुर्‍याएका सई दासलाई सम्मानपत्र तथा शुभकामनासहित विदाई गरिएको बताइएको छ। कार्यक्रममा वक्ताहरूले संगठनमा रहँदा उनले निर्वाह गरेको भूमिकाले भावी प्रहरी कर्मचारीलाई समेत प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।

अवकाश जीवनको नयाँ यात्रामा प्रवेश गरेका सई दासको आगामी जीवन सुख, शान्ति र समृद्धिमय रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सहभागीहरूले उनको योगदानप्रति कृतज्ञता प्रकट गरेका थिए।

कार्यक्रममा उपस्थित प्रहरीकर्मी तथा शुभेच्छुकहरूले सई दिलीप दासको दीर्घ सेवाको सम्मान गर्दै भावपूर्ण बिदाइ दिएका थिए।

Back to top