×

चर्चित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’को चौथो सिजन आजदेखि शुरु हुँदैछ।  ‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजन  हिमालय टेलिभिजन एजडीबाट प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे यो शो आउने छ। 

यो सिजनमा सत्यराज आचार्य र खेम सेन्चुरी नयाँ कोचका रूपमा भित्रिएका छन्।  मिलन नेवार र  मेलिना राईलाई कोचका रुपमा निरन्तरता दिइएको छ।  द भ्वाइस किड्सले ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई गायनको मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नेछ। 

यो सिजनले बालबालिकाको प्रतिभालाई मात्र नभइ उनीहरूको भावनालाई पनि उजागर गर्ने र  बालबालिकाको भावना र सपनालाई मञ्चमा ल्याउन द भ्वाइस किड्सका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए। 

डिजिटल अडिशनमा सहभागी पाँच हजार प्रतिस्पर्धीमध्ये ८० जना ब्लाइन्ड अडिसनमा सहभागी भएका छन्। ​ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिन्छन्।  त्यसबाट लाइभका लागि २४ जना अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुग्ने निर्देशक पौडेलले बताए। ८ जना मध्येबाट विजेता छानिनेछ।

Back to top