गर्भावस्था भन्नाले महिलाको गर्भमा शिशुको विकास भइरहेको अवस्था हो। जब पुरुषको शुक्राणु (sperm) र महिलाको अण्डाणु (egg) मिलेर भ्रूण (zygote) बनाउँछ, र त्यो भ्रूण महिलाको गर्भाशय (uterus) मा बसेर क्रमशः विकसित हुँदै जान्छ, त्यही अवस्थालाई गर्भावस्था भनिन्छ।
सामान्यत: गर्भावस्था लगभग ९ महिनाको (४० हप्ताको) अवधि हुन्छ ।
गर्भावस्थामा पोषण, आराम, चिकित्सकीय जाँच र मानसिक स्वास्थ्य सबै अत्यन्त महत्वपूर्ण हुन्छन् ।
आज हामी तपाईंलाई गर्भावस्थामा स्वस्थ खानपानको बारेमा जानकारी दिनेछौं । जुन टिप्सहरु निम्न छन् ।
१. “दुई जनाको लागि खाने” धारणा सही होइन
“गर्भवती हुँदा दुई जनाको लागि खानुपर्छ” भन्ने धारणा पुरानो हो। वैज्ञानिक रूपमा हेर्दा, तपाईंले दैनिक करिब ३०० क्यालोरी मात्रै बढी लिनु पर्छ। शिशु गर्भावस्थाको पहिलो २० हप्तासम्म १ पाउन्डभन्दा कम हुन्छ। त्यसैले, दिनमा १५ सय क्यालोरी बढी लिनु वास्तवमा तपाईंका लागि हो, बच्चाका लागि होइन।
२. सम्पूर्ण अप्रशोधित खाना रोज्नुहोस्
प्रशोधित (प्रोसेस्ड) खाना हटाउन सक्दा हटाउनुहोस्। जस्तै: कालो बिन्स किन्नुहोस्, तर कालो बिन्स बर्गर होइन। आफ्नै घरमा ब्लुबेरी मफिन बनाउनुस्, स्टोरबाट नकिन्नुहोस्। यो तपाईंको शरीर र शिशुका लागि उत्तम हुन्छ।
३. मासु र दुग्धजन्य पदार्थप्रति सचेत रहनुहोस्
प्रोटीनका लागि मासु र दुग्धजन्य पदार्थ आवश्यक भए पनि, यीनीहरुमा पाइने हार्मोन तथा एन्टिबायोटिकले असर गर्न सक्छ। सकेसम्म हर्मोन-रहित, एन्टिबायोटिक-रहित, नाइट्रेट/नाइट्राइट फ्री, अर्ग्यानिक मासु प्रयोग गर्नुहोस्।
धेरै महिलामा गर्भावस्थामा आइरनको कमी (एनिमिया) हुन सक्छ जसका लागि मासु उपयोगी हुन्छ। तर सबै कुरा सन्तुलनमा खाँदा नै राम्रो।
४. दिनभर सन्तुलित रूपमा खानुहोस्
गर्भ बढ्दै जाँदा पेटमा ठाउँ कम हुँदै जान्छ, जसले गर्दा ठूलो खाना खाँदा अप्ठ्यारो हुन सक्छ। त्यसैले, सानो-छोटो तर सन्तुलित खाजा/खाना दिनभर लिने बानी बसाल्नुहोस् ।
प्रोटीन:
दिनको ६०-१०० ग्राम लिने प्रयास गर्नुहोस्। जब तपाईंले प्रोटीनको मात्रा पूरा गर्नुहुन्छ, तब शरीरले चिप्स, चकलेटजस्ता खाली क्यालोरीका खाना खोज्दैन।
५. आकस्मिक भोजन सूची बनाउनुहोस्
तपाईं नियमित खाना तालिका बनाउन सक्नुहुन्छ भने राम्रो। नत्र भए पनि फ्रिजमा टाँस्ने गरी केही सजिलो र छिटो बन्ने स्वस्थ परिकारहरूको सूची बनाउनुहोस्, जसले गर्दा थकाइ लाग्दा पनि सजिलो निर्णय गर्न सकियोस्।
६. इच्छा भएका चीज खानुस्
यदि तपाईंलाई कुनै खानेकुरा बारम्बार मन लागिरहेको छ भने त्यसलाई रोकिरहनु आवश्यक छैन। इच्छा दबाउँदा झन् धेरै खाने सम्भावना हुन्छ। आफूले चाहेको कुरा खाएर सन्तोष पाउनु उत्तम हो ।