×

विश्व नम्बर एक महिला टेनिस खेलाडी आर्यना साबालेन्काले यूएस ओपनको  महिला एकल तर्फको उपाधि जितेकी छन्। 

फाइनलमा अमेरिकाकी अमान्डा एनिसिमोभालाई हराउँदै यस वर्षको पहिलो ग्रान्ड स्लाम उपाधि जितेकी हुन्। 

बेलारुसकी साबालेन्काले फाइनलमा निरन्तर र स्थिर प्रदर्शन गरिन् र खेल ६–३, ७–६ (७–३) जितिन्। 

 यस वर्ष उनले दुई ग्रान्ड स्लाम फाइनल खेलमा हार बेहोर्नुपरेको थियो। उनको यो  यूएस ओपनको लगातार दोस्रो उपाधि हो। 

२७ वर्षीया साबालेन्काले यस वर्षको अन्तिम ग्रान्ड स्लाममा उत्कृष्ट प्रदर्शन गरेर आफ्ना आलोचकलाई जवाफ दिएकी छन्। यो साबालेन्काको चौथो ग्रान्ड स्लाम एकल उपाधि हो।

पुरुष एकल विश्व नम्बर वान यानिक सिन्नर र नम्बर टु कार्लोस अल्काराजविच आज राति खेल हुनेछ। 

Back to top