सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।
सोमबार बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो अकाउन्टको प्रारम्भ गरेका हुन् ।
यो बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रिलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास बैंकले लिएको छ।
यस बचत खाताका विशेषताहरुमा न्यूनतम १०० रुपैयाँमा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३।०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ ।
साथै, युवा ग्राहकको कारोबारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन तथा सि–आश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ ।
डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र ५०० रुपैयाँमा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखेको छ।
ग्राहकहरूले ट्राभल कार्ड इस्यू चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउने छन् ।