भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पु¥याउने उद्देश्यसहित तयार गरिएको एक्स३०० प्रोले अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको छ, जसले यसलाई भिभोको अहिलेसम्मकै सबैभन्दा परिष्कृत स्मार्टफोन बनाएको छ ।
भिभो एक्स३०० प्रो प्रिमियम रङ विकल्पहरू फ्यान्टम ब्ल्याक (कालो) र ड्युन ब्राउन (खैरो) मा उपलब्ध छ । यसको मूल्य रु. १,७९,९९९ तोकिएको छ र यो स्मार्टफोन मंसिर २९, २०८२ देखि दराज तथा देशभरका आधिकारिक बिक्री केन्द्रहरू मा उपलब्ध हुनेछ ।
एक्स३०० प्रोको केन्द्रमा रहेको यसको व्यावसायिक इमेजिङ सिस्टम जाइससँगको सहकार्यमा विकास गरिएको हो । यस स्मार्टफोनमा २०० मेगापिक्सेल जाइस एपीओ टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले अल्ट्रा(सेन्सिङ एचपीबी सेन्सर र सिपा ५.५–रेटेड स्टेबलाइजेसन मार्फत टाढाका दृश्यहरूलाई पनि अत्यन्त स्पष्ट र स्थिर रूपमा कैद गर्न सक्षम बनाउँछ ।
यसलाई एलवाईटी–८२८ सेन्सर सहितको जाइस गिम्बल–ग्रेड मेन क्यामेरा ले साथ दिएको छ, जसले उज्यालो तथा कम प्रकाश दुवै अवस्थामा प्राकृतिक रङ र सूक्ष्म विवरण प्रस्तुत गर्छ ।
क्यामेरा अनुभवलाई थप सशक्त बनाउन प्रो इमेजिङ चिप भिएस१ र सह–विकसित डाइमेन्सिटी ९५०० भि३ प्लस इमेजिङ चिप प्रयोग गरिएको छ । यस संयोजनले छिटो इमेज प्रोसेसिङ, उत्कृष्ट लो–लाइट कार्यसम्पादनका साथै २०× लङ–रेन्ज मोसन स्न्यापसट र टेलिफोटो फ्लावर एन्ड बर्ड सट्स जस्ता फिचरहरू प्रदान गर्छ, जसमा जाइसको विशिष्ट मिरर–रिङ इफेक्ट समावेश गरिएको छ। साथै, ५० मेगापिक्सेल जाइस वाइड–एङ्गल फ्रन्ट क्यामेराले ठूलो फ्रेम कभरेज सहित प्राकृतिक सेल्फी अनुभव प्रदान गर्छ ।