×

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा प्रदायक Soft International Pvt. Ltd को सहकार्यमा ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पौष महिनाभरि लागु हुनेगरी “टप अप गरौं बोनस पाऔं अभियान सञ्चालन गरेको छ ।

सो अभियान अवधिभर रु २०० वा सो भन्दा माथिको रकम NBL Mobile Banking app मार्फत top up गर्ने ८० जनालाई रु. १०० का दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।

यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।

Back to top