वीरगञ्ज । रक इन्टरनेशनल प्रा.लि.ले वीरगञ्जस्थित स्काईलाइन इन्फ्रा लिमिटेड समेतका विरुद्ध पर्सा जिल्ला अदालत र उच्च अदालत पाटनमा दर्ता गराएका दुवै मुद्दा आफ्नै दाबी प्रमाणित गर्न नसक्ने जनाउँदै फिर्ता लिएको छ ।
स्काईलाइन इन्फ्रा लिमिटेड र महाजोङ होल्डिङ्स प्रा.लि.बीच भएको सम्झौता बमोजिम वीरगञ्जको स्काईलाइन मलभित्र रहेको होटल सरोवरमा क्यासिनो सञ्चालनमा आएको थियो । सो क्यासिनो सञ्चालनमा रोक लगाउनुपर्ने माग गर्दै रक इन्टरनेशनलले अदालतमा मुद्दा दायर गरेको थियो । क्यासिनो आफूले सञ्चालन गर्न पाउनुपर्ने रक इन्टरनेशनलको दाबी रहेको थियो ।
तर पछी अदालतमा पेश गरिएको दाबी सावित गर्न नसक्ने भन्दै रक इन्टरनेशनल स्वयंले दुवै अदालतमा दर्ता गराएको मुद्दा फिर्ता लिएको स्काईलाइन इन्फ्रा लिमिटेडले जनाएको हो ।
यसै विच केही स्थानीय अनलाइन सञ्चारमाध्यमहरूले यथार्थ र सत्य के हो भन्ने बुझ्दै नबुझी लिमिटेडमा कुनै सम्बन्ध वा जिम्मेवारी नरहेका प्रतिष्ठित व्यवसायी राजेश अग्रवालको नाम जोडेर राजेश अग्रवाल अदालत तानिए, स्काईलाइन लिमिटेडमा क्यासिनो सञ्चालनमा रोक जस्ता झुठा भ्रामक शीर्षक प्रयोग गरी समाचार सम्प्रेषण गरि लिमिटेडको ख्यातीमा आँच पुग्ने गरी गलत झुटा र भ्रामक समाचार प्रकाशन गरेकोमा स्काइलाईन इन्फ्रा लिमिटेडले खेद प्रकट गरेको छ समाचार छ ।
सरोकारवाला व्यक्ति वा संस्थासँग सम्पर्क नगरी, यथार्थ के हो भन्नै बुझ्दै नबुझी गलत समाचार लेखिनु पत्रकारिता आचार संहिता र ऐन कानून समेतको विपरित हुने हुँदा, आगामी दिनमा समेत यस्तै खालका भ्रामक र चरित्रहत्या गर्ने समाचार प्रकाशित वा प्रसारित भए कानूनी कारबाहीमा जान सक्ने दावी स्काइलाईन इन्फ्रा लि का प्रशासन प्रमुखले गर्नु भयो ।
स्काईलाइन इन्फ्रा लिमिटेडले मधेस प्रदेशको वीरगञ्जमा सुविधासम्पन्न स्काईलाइन मल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । मधेस प्रदेशकै उत्कृष्ट परियोजनामध्ये एक मानिने यस मल अन्तर्गत होटल सरोवर पोर्टिको ब्रान्डमा चारतारे होटल, क्युएफएक्स सिनेमा, के एफ सी, विभिन्न ब्रान्डका विद्युतीय उपकरण बिक्री कक्ष, एप्पल मोबाइल शो रुमलगायतका सेवा उपलब्ध छन् ।
त्यसैगरी मलभित्र फिटनेस सेन्टर, स्पा, ब्युटी प्रोडक्ट्स शोरुम तथा ब्याङ्क्वेट हलको सेवासमेत सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।