वीरगञ्ज । युक्रेनका अधिकारीहरूले देश छोड्ने प्रयास गरिरहेका पूर्व ऊर्जा मन्त्री जर्मन हलुश्चेन्कोलाई नियन्त्रणमा लिएको बताएका छन् ।
गत वर्ष सार्वजनिक भएको एक ठुलो भ्रष्टाचार प्रकरणमा हलुश्चेन्कोको नाम जोडिएको थियो। त्यसपछि उनलाई मन्त्री पदबाट हटाइएको थियो ।
अधिकारीहरूका अनुसार हलुश्चेन्को युक्रेनबाट बाहिरिने तयारीमा रहेको रेलमा पक्राउ परेका हुन् । उनी कुन देशतर्फ जाँदै थिए भन्ने विषयमा भने आधिकारिक रूपमा खुलाइएको छैन ।
नोभेम्बरमा सार्वजनिक भएको करिब १० करोड अमेरिकी डलर बराबरको कथित घोटालामा उनको संलग्नता रहेको आरोप लागेको थियो । उक्त प्रकरणले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको प्रशासनलाई पनि दबाबमा पारेको बताइएको छ । रुससँग युद्ध सुरु हुनुअघि राष्ट्रपति जेलेन्स्की भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धतासहित सत्तामा आएका थिए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।