×

स्पेश एक्सको आईपिओ जारी प्रक्रिया पुराभएसँगै विश्वकै पहिलो ट्रिलियनियर बन्न सफल भएका एलन मस्क । विश्वकै प्रतिष्ठित प्रविधि उद्यमी एलन मस्क कागजी रूपमा संसारकै पहिलो ‘ट्रिलियनियर’ बन्न सफल भएका छन् । मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष प्रविधि कम्पनी ‘स्पेसएक्स’ सर्वसाधारणका लागि आईपिओ जारी गरेर स्टक मार्केटमा सूचिकरण भएसँगै यसको मूल्याङ्कनमा आएको ऐतिहासिक उछालले यो नयाँ वित्तीय इतिहास रचेको हो ।

यद्यपि यसलाई केहीले ओभर भ्यालुड गरिएको भन्ने आरोप समेत लगाएका छन् । कम्पनीको कूल बजार पुँजिकरण १.७७ ट्रिलियन रेकर्ड गरिएको छ । यद्यपि ब्लूक्बर्गले यसलाई ओभरभ्यालुड गरिएको भन्दै समाचार प्रकाशित गरेको छ । नाफामा नभएको कम्पनीको शेयर मूल्य आकासिएसँगै यसलाई आलोचनात्मक कोणबाट हेरिएको छ ।

स्पेसएक्सको प्राथमिक सेयर निष्कासनका कारण सो मूल्याङ्कन सम्भव भएको हो । उक्त आईपीओ मार्फत कम्पनीले बजारबाट करिब ७५ अर्ब डलर संकलन गरेको छ, जसले स्पेसएक्सलाई इतिहासकै सबैभन्दा मूल्यवान् निजी–उत्पत्तिका कम्पनीहरूको शीर्ष स्थानमा उभ्याएको छ ।

गत शुक्रबार अमेरिकी स्टक मार्केट नास्दाक स्टक एक्सचेन्जमा स्पेश एक्सको शेयर सूचिकरण गरिएको थियो । प्रतिशेयर १३५ डलर मूल्य तोकेर आह्वान गरिएको आईपिओमा माग भन्दा तीन गुणा बढि ओभर सब्स्क्राईब भएको थियो । स्पेश एक्सले ५५ करोड ५५ लाख ५५ हजार ५५५ कित्ता शेयर सर्वसाधारणलाई बिक्री विरतण गरेको हो । सो मध्ये ३० प्रतिशत सर्वसाधारणलाई कोटा निर्धारण गरिएको थियो भने बाँकी ७० प्रतिशत ठूला औद्योगिक प्रतिष्ठानलाई छुट्याइएको थियो ।

Back to top