बलिउड अभिनेता तथा निर्माता आमिर खान हालै गायक अरिजित सिंहको घर मुर्शिदाबाद पुगे । उनी आफ्नो आगामी फिल्म 'एक दिन'को पहिलो गीत रेकर्डिङका लागि अरिजितकहाँ पुगेका थिए ।र अब आमिर खान प्रोडक्सनले अरिजितले गाएको यो सुन्दर गीतको भिडियो सार्वजनिक गरेको छ ।
सुरुमा प्रशंसकहरूलाई आमिर अरिजितलाई भेट्न र उनलाई आफ्नो संन्यासको निर्णयमा पुनर्विचार गर्न मनाउन गएका हुन् कि भन्ने आशंका थियो । तर आमिरले एक पोस्टर सेयर गर्दै अरिजितलाई उनको आगामी फिल्म 'एक दिन'मा आवाज दिएकोमा धन्यवाद दिए । यस फिल्ममा साई पल्लवी र जुनैद खान मुख्य भूमिकामा छन् । र आमिरले फिल्मबारे सबै अनुमानहरूलाई विराम लगाएका छन् ।
जानकारी अनुसार आमिर मुर्शिदाबादस्थित अरिजितको घर गएर उनी र उनको परिवारसँग चार दिन बिताएका थिए । उनले व्यक्तिगत रूपमा अरिजितलाई फिल्मका लागि गाउन अनुरोध गरेका थिए । र अरिजित र आमिरले मिलेर फिल्मको पहिलो गीतमा काम गरे । यो टाइटल गीत सार्वजनिक भइ पनि सकेको छ ।
'गीतका शब्द र सङ्गीत हृदयस्पर्शी छन्, जसले यसलाई सदाबहार गीतजस्तो बनाएको छ । भिडियोमा मुर्शिदाबादका केही सरल र हृदयस्पर्शी पर्दा पछाडिका क्षणहरू देखाइएको छ, जसमा आमिर हरेक सानो सानाे कुरामा सामेल छन् ।
भिडियोमा आमिरले अरिजितलाई संन्यासबारे प्रश्न गरेको देख्न सकिन्छ। आमिर सोध्छन्, 'तपाईं कुनै प्रोजेक्ट लिँदै हुनुहुन्न, केही समयका लागि ब्रेक लिन चाहनुहुन्छ ? वा तपाईं हिन्दी फिल्मका लागि गाउन चाहनुहुन्न ? यस्तो नगर्नुहोस् यार । हामी मान्छेहरूको के हुन्छ ?'
यसपछि गीतमा आमिरको जियागञ्ज भ्रमणका केही विशेष पलहरू देखिन्छन् ।
अरिजितको आवाजमा यो गीतमा साई पल्लवी र जुनैद खान छन् । सार्वजनिक भएको ५ घण्टामा यसले १३ लाखभन्दा बढी भ्युज पाइसकेको छ । हजारभन्दा बढी कमेन्ट/टिप्पणीहरू छन्, जसमा अरिजितको तारिफ गरिएको छ ।
नवभारत टाइम्सबाट