×

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले विश्वको मुख्य तेल मार्ग ‘हर्मुज जलडमरू’ बन्द गरेमा अहिले भइरहेको भन्दा २० गुणा बढी भीषण आक्रमण गर्ने चेतावनी दिएका छन्। 

ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानमाथि प्रहार गर्ने बताएका हुन्। उता इजरायली सेनाले गएराति तेहरानमा दोस्रो चरणको ब्रोड वेभ स्ट्राइक्स नाम दिएर थप शक्तिशाली आक्रमण गरेको छ । 

इजरायलले इरानको मिसाइल लन्चरलाई निशाना बनाउँदा त्यहाँ ठूलो मानवीय क्षतिको आशंका गरिएको छ। इरानले पनि इजरायलका विभिन्न सहरहरूमा मिसाइल वर्षा गरेको छ, जसका कारण त्यहाँका नागरिक पुनः बंकरमा शरण लिन बाध्य भएका छन्। 

युद्धको आर्थिक प्रभाव स्वरूप इजिप्टले आजैदेखि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। तेलको विश्वव्यापी आपूर्तिमा अवरोध आएपछि अन्य देशहरूमा पनि महँगी बढ्ने निश्चित देखिएको छ। 

मानवीय संकटबारे चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र संघले युद्धमा बालबालिका सबैभन्दा बढी मारमा परेको बताएको छ। यसैबीच, इरानमा नयाँ सर्वोच्च नेताका रूपमा मोज्तबा खामेनीले कार्यभार सम्हालेका छन्। 

आयातोल्लाह अली खामेनीका छोरा मोज्तबालाई इरानको विज्ञ परिषद्ले नयाँ उत्तराधिकारीका रूपमा चयन गरेको थियो। 

Back to top