×

वीरगञ्ज । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

सोमबारका लागि सुनको मूल्य ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन यो मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको छ । आइतबार यो मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो । आइतबारको तुलनामा चाँदी पाँच रुपैयाँले घटेको हो ।

Back to top