वीरगञ्ज । मध्यपूर्व र पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परेको छ।
नेपाल आयल निगम ले इन्डियन आयल कर्पोरेसन बाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको जनाएको छ।
निगमद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ। त्यसैगरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाइएको छ।
निगमका अनुसार नयाँ मूल्य दर २०८२ चैत २ गतेदेखि देशभर लागू हुने जनाइएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि यातायात, ढुवानी तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पर्ने अनुमान गरिएको छ।