×

फाईल फोटो

वीरगञ्ज । भारतको उत्तर पूर्व क्षेत्रमा आतङ्ककारी गतिविधिमा जोडिएको भन्दै भारतले ६ युक्रेनी र १ अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।

भारतीय मिडिया न्यु इन्डियन एक्सप्रेसका अनुसार म्यानमारमा हतियार र ड्रोन तालिम दिनेलाई भारतमा पक्राउ गरिएको हो ।
तीन युक्रेनी दिल्ली, तीन लखनउ र एक अमेरिकी कोलकाताबाट पक्राउ परेका छन् । उनीहरू अवैध रूपमा भारतको मिजोरममा छिरेको बताइएको छ । पक्राउ गरिएकाको पहिचान खुलाइएको छैन ।

उनीहरूलाई ११ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । रुसी समाचार एजेन्सी स्पुतनिकले पक्राउ गरिएकालाई अमेरिकी गुप्तचर निकाय सीआईएले तालिम दिन पठाएको लेखेको छ ।

Back to top