वीरगञ्ज । मङ्गलवार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
सोमबार भने सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ रहेको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।
त्यसैगरी, १० ग्राम सुनको मूल्य मङ्गलवार २ लाख ६५ हजार ६९० रुपैयाँ पुगेको छ भने सोमबार २ लाख ६५ हजार ३४५ रुपैयाँ कायम थियो ।
चाँदीतर्फ पनि मूल्य बढेको छ । मङ्गलवार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँ पुगेको छ भने सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँ रहेको थियो । यसअनुसार चाँदी प्रतितोला ७० रुपैयाँले वृद्धि भएको छ ।
१० ग्राम चाँदीको मूल्य मङ्गलवार ४ हजार ५७४ रुपैयाँ पुगेको छ भने सोमबार ४ हजार ५१४ रुपैयाँ कायम थियो ।