×

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदीले आफ्नो देश र छिमेकी खाडी मुलुकमाथि भइरहेका आक्रमण सहेर बस्ने धैर्यताको सीमा सीमित रहेको भन्दै इरानलाई चेतावनी दिएका छन्। 

साउदी अरब र अन्य खाडी मुलुकसँग ‘अत्यन्तै उच्च क्षमता र सामथ्र्य’ रहेको र आवश्यक परेको खण्डमा त्यसको प्रयोग गर्न सकिने चेतावनी दिँदै विदेशमन्त्री फैसलले बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा तेहरानलाई आफ्नो रणनीति तत्काल पुनरावलोकन गर्नसमेत आग्रह गरे। 

इरानी कूटनीतिज्ञहरूले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेपनि इरानले छिमेकी राष्ट्रहरूमाथि प्रहार गर्ने योजना सावधानीपूर्वक बुनेको उनको दाबी थियो। ‘हाम्रो अधिराज्य (साउदी अरब) र छिमेकी मुलुकहरूमा गरिएका केही लक्षित प्रहारहरूको सटिकताले यो पूर्वयोजनाबद्ध, सङ्गठित र सुविचारित रहेको प्रस्ट पार्छ,’ राजकुमार फैसलले भने।

अधिराज्यले कस्तो अवस्थामा रक्षात्मक कारबाही सुरु गर्छ भन्ने कुरा आफूले स्पष्ट नपार्ने बताउँदै उनले इरानीलाई यसबारे पूर्वसंकेत दिनु बुद्धिमानी नहुने जिकिर गरे। विदेशमन्त्रीले अगाडि भने, ‘तर इरानीहरूले यो बुझ्नु जरुरी छ कि साउदी अरब र आक्रमणको चपेटामा परेका हाम्रा साझेदारसँग ठूलो सामथ्र्य छ, जुन आवश्यक परेको खण्डमा परिचालन हुन्छ।’ आपूmहरुको धैर्यता असिमित नरहेको भन्दै उनले कति समय छ ? भन्ने खुलासा भने गरेनन्।

साउदी विदेशमन्त्रीले बैठकको सन्देश उनीहरूले बुझ्ने र आफ्ना छिमेकीमाथि आक्रमण गर्न छोडी तुरुन्तै आफ्नो कदम सच्याउनेछन् भन्ने आशा राखेको बताउँदै उनीहरुमा त्यो विवेक होला भन्नेमा आपूmलाई शंका रहेको टिप्पणी गरेका थिए।

Back to top