वीरगञ्ज । नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८१ हजार रुपैयाँ कायम भएको हो ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै शुक्रवार चाँदीको मूल्य पनि घटेको छ ।
बिहीबार तोलामा ४ हजार ८२० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार घटेर ४ हजार ६७० रुपैयाँ कायम भएको महासङ्घको भनाइ छ ।