×

वीरगञ्ज । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ हजार ७०० रुपैयाँले वृद्धि भएको छ।

सोमबार दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज दुई लाख ९० हजार २०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ। सोमबार चार हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला चार हजार ८४५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य १४५ रुपैयाँ बढेको हो।

Back to top