सांकेतिक तस्बिर ।
वीरगञ्ज । बुधवार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर ४ हजार ९ सय ४५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।