सांकेतिक तस्बिर ।
वीरगञ्ज । नेपाली बजारमा शुक्रवार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको केही बढेको छ ।
शुक्रवार सुनको भाउ प्रतितोला दुई लाख ९४ हजारमै कारोबार भइरहेको छ । यता चाँदीको मुख्य भने केही उकालो लाग्दै प्रतितोला चार हजार ८३० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार सुनको भाउ तोलामा ३६ सय रुपैयाँले घटेर दुई लाख ९४ हजारमा कारोबार भएको थियो । बुधवार सुनको भाउ तोलामा ७४ सय रुपैयाँले बढेर दुई लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ घटेर चार हजार ७८० रुपैयाँमा झरेको थियो ।
बुधवार चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ थियो । गत माघ १५ गते एकै दिन तोलामा २० हजार पाँच सय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य यही नै हालसम्मकै सबैभन्दा उच्च हो ।