इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। सिटीले बर्नलीलाई १–० गोल अन्तरले हराएको हो।
सिटीका लागि निर्णायक गोल स्टार स्ट्राइकर अर्लिङ हालान्डले गरे। खेल सुरु भएको पाँचौं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो।
घरेलु मैदानमा भएको खेलमा बर्नलीले गोल फर्काउन नसक्दा खेल सुरु भएको पाँचौं मिनेटको गोल नै निर्णायक बनेपछि सिटीले जित दर्ता गराउन सफल भएको हो।