×

वीरगञ्ज । बारामा महेन्द्र राजमार्ग अन्तर्गत ३ नम्बर पुल आसपास क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ ।

वन क्षेत्र, निकुञ्ज क्षेत्र तथा सडक सीमाभित्र बनाइएका संरचना हटाउन सम्बन्धित निकायले संयुक्त रूपमा अभियान थालेका हुन् ।

स्थानीय प्रशासनको समन्वयमा सञ्चालन गरिएको अभियान अन्तर्गत सडक आसपासका अवैध टहरा, पसल तथा अतिक्रमण गरी बनाइएका अन्य संरचना हटाउने काम भइरहेको जनाइएको छ ।

विशेषगरी महेन्द्र राजमार्गको ३ नम्बर पुल आसपास क्षेत्रमा बढ्दो अतिक्रमणका कारण सडक विस्तार, सवारी आवागमन तथा वन क्षेत्र संरक्षणमा समस्या उत्पन्न भएपछि अभियान अघि बढाइएको बताइएको छ ।

सम्बन्धित निकायले सार्वजनिक तथा संरक्षित क्षेत्र अतिक्रमण नगर्न स्थानीयलाई आग्रह गर्दै अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिइने जनाएको छ ।

Back to top