×

व्यस्त जीवनमा तपाईंले आफ्नो लागि कति समय निकाल्नु हुन्छ ? ख्याल गर्नुहोस्, आफ्नो स्वास्थ्यको लागि पनि आवश्यक समय निकाल्नु जरुरी छ। 

यो द्रुत गतिको समयमा जीवनशैली पनि व्यस्त छ। हामी सबै काम, परिवार र सामाजिक जिम्मेवारीहरूबीच सफल हुनु छ। विशेषगरी महिलाहरू आफ्ना सपनाहरू र आवश्यकताहरूलाई पछाडि राख्दै आएका छन्। तर के तपाईंले कहिले सोच्नु भएको छ, मेरो लागि कहाँ छ समय ? यो प्रश्न आज धेरै महिलाहरूको लागि चुनौतीपूर्ण बनेको छ। तर याद राख्नुहोस्, जब तपाईं स्वस्थ हुनुहुन्छ, तबमात्र अरूको हेरचाह गर्न सक्नुहुन्छ। विज्ञानले पनि यही भन्छ आफ्नो हेरचाह नगर्नु भनेको विस्तारै विस्तारै आत्मघाती हुन सक्छ।

तनावले केवल मानसिक नभएर शारीरिक स्वास्थ्यमा पनि गम्भीर असर पार्छ। कोर्टिसोल हर्माेनको बढी उत्पादनले मोटोपन, निद्राको समस्या र मुड स्विङजस्ता समस्याहरू जन्माउँछ। एक अध्ययनले देखाएको छ कि प्रतिदिन ३० मिनेट आफ्नो लागि दिने महिलाहरूमा डिप्रेसन ४० प्रतिशतसम्म कम हुन्छ। यसले देखाउँछ कि आत्मपरकको अभ्यास केवल विलासिता होइन, एक आवश्यकता हो। 

स्पा जानु केवल फेसियल वा मसाजभन्दा बढी हो। यो आत्म संरक्षणको एक रूप हो। एक घण्टाको मसाजले मांसपेशीको तनाव कम गरेर दुखाइ हटाउँछ भने स्टिम र एक्सफोलिएसनले त्वचाको रक्तसञ्चार बढाउँछ। एरोमाथेरापी वा ल्याभेन्डर तेलले निद्रा र मानसिक शान्ति दिन्छ। यदि स्पा जाने समय नै छैन भने घरमै आफ्नो लागि एक सानो रिट्रिट क्रिएट गर्न सकिन्छ। नरिवल वा बदाम तेलले १० मिनेट शरीर मालिस गर्नु, पानीमा ल्याभेन्डर तेल थपेर हर्बल स्नान गर्नु वा एक घण्टाको लागि फोन बन्द गरेर ध्यान लगाउनु। यी साना प्रयासले पनि ठूलो फरक पार्न सक्छन्।

आत्मपरकको अभ्यास गर्न नो भन्न सिक्नुपर्छ। आफ्नो एनर्जी बचाउनु जरुरी छ। हप्तामा एक दिन मेरो दिनको रूपमा मनाउनुहोस्। साना कदमहरूबाट सुरु गर्नुहोस्। १५ मिनेट पनि आफ्नो लागि दिँदा पनि धेरै फरक पर्छ। हामी अक्सर आफ्नो खुसी र स्वास्थ्यलाई अन्तिममा राख्छौं। तर जब तपाईं आफू बत्ती झैं चहकिलो हुनुहुन्छ, तब मात्र अरूलाई पनि उज्यालो दिन सक्नुहुन्छ। त्यसैले आजदेखि नै प्रण गर्नुहोस्, आफूले आफैंलाई प्राथमिकता राख्ने छु। आफ्नो हेरचाह गर्नु आत्मीय कार्य हो, स्वार्थी हुनु होइन। यो समय हामीले आफ्नो स्वास्थ्य र खुसीलाई प्राथमिकता दिने निर्णय गर्नुपर्छ। किनभने स्वस्थ महिला नै स्वस्थ परिवारको आधार हो।

Back to top