×

मुम्बई । दक्षिण भारतीय सुपरस्टार सूर्या र अभिनेत्री तृषा कृष्णन अभिनीत फिल्म ‘करुप्पु’ को कमाई १०० करोड (भारु) नजिक पुगेको छ । प्रदर्शनको ५ दिनमै फिल्मको कमाइले १०० करोडको आकडा छुन लागेको हो । 

गत शुक्रबार रिलिजमा आएको आरजे बालाजीद्वारा निर्देशित फिल्मले बक्स अफिसमा सुरुवात देखिनै उत्साहजनक व्यवसाय गरेको थियो । फिल्मले पहिलो दिन १५.५० करोड, दोस्रो दिन २४.१५ करोड, तेस्रो दिन (आइतबार) २८.३५ करोड, चौथो दिन (सोमबार) १४.३० करोड र पाँचौँ दिन (मङ्गलवार) ८.६५ करोड रुपैयाँ कमाउन सफल छ । 

फिल्मले पाँच दिनमा कुल ९०.९५ करोड व्यापार गरेको छ । 

‘करुप्पु’ एक लोभी वकिलको कथामा आधारित फिल्म हो । जसले सधैँ धनीहरूको पक्ष लिन्छ र गरिबहरूमाथि अन्याय गर्छ । फिल्ममा सूर्याले ‘करुप्पुसामी’को भूमिका निर्वाह गरेका छन्, जो पछि गरिबहरूको मसिहा बनेर अगाडि आउँछन् ।

फिल्ममा सूर्या र तृषा कृष्णनका साथै इन्द्रन्स, नट्टी सुब्रमण्यम, स्वासिका, शिवदा, सुप्रीत रेड्डी र योगी बाबुको मुख्य भूमिका छ ।

Back to top