एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१६ स्थित दुर्गा हल नजिक निर्माणाधीन एक घरमा आइतबार भएको दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ।
घरको सेन्टरिङ (शटरिङ) खोल्ने क्रममा अचानक पर्खाल भत्किँदा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–कल्याणपुर निवासी ३० वर्षीय सुवास पटेल गम्भीर घाइते भएका थिए।
दुर्घटनालगत्तै उनलाई उद्धार गरी उपचारका लागि भवानी अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।