×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

रौतहट । रौतहटको राजपुर नगरपालिका–३ स्थित बमनहर क्षेत्रमा रहेको नहरमा एक महिलाको शव फेला परेको छ।

डमारबाट फतुवा जाने सडकछेउको नहरमा शुक्रबार बिहान पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर शवलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता बसन्त गौतमका अनुसार मृतकको पहिचान मुस्कान खातुनका रूपमा भएको छ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौर पठाएको जनाएको छ।

प्रवक्ता गौतमका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Back to top