×

रौतहट । रौतहटको गरुडा नगरपालिका–१, जयनगर निवासी शेख मन्जुरका १० वर्षीय छोरा शेख रिजवान नहरमा मृत अवस्थामा फेला परेका छन्।

स्थानीयका अनुसार जयनगरस्थित नहरमा बालकको शव फेला परेको हो। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

बालकको मृत्युको कारण भने खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Back to top