×

पोखरिया वैशाख २१ - पर्साको छिपहरमाइ गाउँपालिका कार्यालयमा गाउँपालिका र स्थानीय प्रशासनको बैठक सम्पन्न भएको छ ।

गाउँपालिकाद्वारा आयोजित शुक्रबार (आज)को बैठकमा स्थानीय शुरक्षाको चुनौती र समाधानका बारेमा कुराकानी भएको थियो । गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा आयोजित आजको बैठकमा स्थानीय विभिन्न वडा प्रहरी कार्यालय र ससस्त्र प्रहरी कार्यालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

बैठकमा गाउँपालिकामा बढेको सवारी दुर्घटनालाई नियन्त्रण गर्न र सडकलाई थप शुरक्षित बनाउने विषयहरुमा छलफल भएको गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिए ।

ओभरलोडका कारण गाउँपालिकामा चल्ने गाडिहरुबाट दुर्घटना बढेको र ओभरलोड गर्ने समस्यालाई कसरि नियन्त्रण गर्ने सम्बन्धमा आजको बैठकमा चर्चा गरिएको छ । बैठकले ओभरलोड गर्ने गाडिहरुलाई ५ सय देखि २ हजार सम्म जरिवाना गर्ने र कारिवाही गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवपुजन साहले बताए ।

त्यसैगरि गाउँपालिकामा बैठकमा लागु अौषध दुरुपयोग र तस्करी नियन्त्रण गर्ने विषयमा समेत छलफल भएको अधिकृत साहले बताए । बैठकमा सशस्त्र प्रहरी निरीक्षक चन्द्र सिंग महरा ,प्रहरी नायब निरीक्षक रोसन अधिकार, प्रहरी सहायक निरीक्षक राजेश तिवारी, अवधेश प्रसाद कोइरी ,चित्रसोलाल लयागतको सहभागीता रहेको थियो ।

Back to top