वीरगंज, वैशाख २२ - नेपाल पत्रकार महासंघ २ नं. प्रदेश कार्यासमितिका लागि शनिबार सम्पन्न निर्वाचनमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीको उम्मेदवारहरुको संयुक्त प्यानल निर्वाचित भएको छ ।
मुलुक संघीय संरचनामा गएपछि पत्रकार महासंघको प्रदेश कार्यसमितिको लागि शनिबार २ नं. प्रदेशको ८ वटा जिल्लामा भएको प्रथम निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार नेपाल पत्रकार महासंघ २ नं. प्रदेशको कार्यसमितिमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीको प्यानलका संयुक्त उम्मेदवारहरु निर्वाचित भएका छन् ।
कार्यसमितिको अध्यक्षमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीका संयुक्त उम्मेदवार नेपाल पत्रकार महासंघ पर्सा शाखाका पुर्व अध्यक्ष तथा पर्साबाट प्रकाशित हुने अंकुश दैनिकका प्रधान सम्पादक दिपेन्द्र चौहान, उपाध्यक्षमा पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष एवम् ईसिमाना डट कमका सम्पादक केसी लामिछाने, महिला उपाध्यक्षमा रिंकु कुमारी मिश्र, महासचिवमा किरण कुमार कर्ण, सचिव (खुल्ला)मा गुरु प्रसाद गौतम, सचिव (समावेशी)मा राम नारायण विश्वास, कोषाध्यक्षमा प्रविण साह, खुल्ला सदस्यहरुमा भोजराज भट्टराई, धिरेन्द्र राय, अजित कुमार सिंह, शैलेन्द्र झा, राजन कुमार सिंह, सदस्य (आदिवासी जनजाति)मा जितलाल श्रेष्ठ, जगत राई, सदस्य (मधेसी)मा वैद्यनाथ चौधरी, अजय कुमार साह निर्वाचित भएका छन् ।
अध्यक्षमा चौहानले ३ सय ४२ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदमा केसी लामिछानेले ४ सय ६४ मत प्राप्त गरेका छन्।
त्यसैगरि महिला उपाध्यक्षमा रिंकु मिश्राले ४ सय ११ मत प्राप्त गरेकी छन् । महासचिवमा किरण कुमार कर्णले ४ सय १९, सचिव (खुल्ला)मा गुरु प्रसाद गौतमले ४ सय २९, सचिव (समावेशी)मा राम नारायण विश्वासले ४ सय ३०, कोषाध्यक्षमा प्रविण साहले ४ सय १, खुल्ला सदस्यहरुमा भोजराज भट्टराईले ४ सय ४, धिरेन्द्र रायले ३ सय ५०, अजित कुमार सिंहले ४ सय २९, शैलेन्द्र झाले ४ सय ४१, राजन कुमार सिंहले ३ सय ५७, सदस्य (आदिवासी जनजाति)मा जितलाल श्रेष्ठले ४ सय ४७, जगत राईले ४ सय ७५, सदस्य (मधेसी)मा वैद्यनाथ चौधरीले ४ सय ३०, अजय कुमार साहले ४ सय ६७ मत प्राप्त गरेका छन् ।