जनकपुरबैशाख,२६,प्रदेश नम्बर २ को राजधानी जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका गेट बुधबार चलेको हावाहुरीले ढालिदिएको छ ।
जनकपुर बजार क्षेत्रका गेट र पण्डालहरू मोदीको स्वागतमा बनाइएका बाँसका गेट गएराति चलेको भीषण हावाहुरीका कारण क्षतिग्रस्त भएका हुन् ।
वर्षासँगै आएको हावाहुरीले मोदीको स्वागतका लागि बनाएका स्वागतद्वार ढालेपछि पुनरुपले बनाइने भएको छ ।
मोदीको स्वागत र अभिनन्दन गर्न लागिएको रंगभूमि बाह्र बिघा मैदानमा पानी जमेको छ । हावाहुरीले स्वागतद्वार भत्काए पनि अभिनन्दनस्थलमा भने क्षति नभएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले बताएका छन् ।
हावा हुरीका क्रममा पण्डाल निर्माणका लागि ल्याइएको मजदुर पनि समान्य घाइते भएका छन् ।
मोदीको स्वागतका लागि दुर्इ सातादेखि मजदुरलार्इ २४ घण्टा खटाएर रंगभूमि मैदान , जनकपुर नगर रंगरोगन र स्वागतद्वार निर्माण तीब्र बनाइएको छ।
भारतीय प्रधानमन्त्रीको जनकपुर आगमनको बेला निर्माणाधीन सडकमा वर्षातको पानी जम्दा निर्माण पनि प्रभावित भएको छ ।