वीरगन्ज ७ असार वीरगंज घण्टाघरका किराना व्यवसायी मुकेश साह तेली तीन साता देखि परिवारसहित फरार छन् । उनको फोन लाग्दैन, परिवारसँग कसैको सम्पर्क छैन,कहाँ छन, के गर्दैछन् भन्दै उनका चाचा प्रभु साह तेली नाटकिय ढंगले चिन्तामा डुबेका छन् । जबकी मुकेश साह तेलीलाई वीरगंजवाट भगाउन उनका चाचा प्रभु साह तेलीको मास्टर पलान रहेको प्रभु साहका छिमेकी हरुको भनाई रहेको छ । किनकी मुकेश साह तेलीले बजार र बैकबाट रिन लिएका ७५ पतिस्त पैसा प्रभु साह तेलीले नै आपनो ब्यपारमा चलाउने गर्थे । मुकेश भागनु एक साता अगाडी देखि उनका चाचा प्रभु , मुकेशको पसलमा आएर बस्ने गर्थिए त्यस पछि मुकेशको पसल बन्द भएको छ मुकेशको पसल बन्द भएको देखेर मुकेशसंग तागेदा लिने मान्छे आए पछि प्रभुले पसलको स्टोक मिलाउदै छौ दुई चार दिन पछि आएर आफनो तागेदा लिनु भन्दै तागेदा लिने ब्यक्तीलाई प्रभुले नै र्फकाउने गरेको मुकेशका छिमेकीहरु बताउछन । माँ लक्ष्मी ट्रेडसको नामले संचाल गरेका ब्यपार प्रभु साह तेली नेपालको किराना आईटमका किगं हुन छोटो समयमा प्रभु साहले धैरै धन आर्जन गरि गहवामा रहेको दुगा सिनेमा हल पनि किनी सकेका छन । घण्टाघर, दूरसञ्चार भन्दा पूर्व शम्भु केशरीको घरको भुइँ तल्लामा किराना सामानको थोक पसल सञ्चालमा थियो । अहिले बन्द छ । पसल र पसल नजिकै मुकेशको चार धुरमा रहेको घरमा बैंकले सिलबन्दी गरेको छ । जेठ २० गतेदेखि परिवारसहित सम्पर्क्विहीन बनेका मुकेशको खोजीमा पर्सा प्रहरी जुटेको छ । ठूलो रकम लिएर फरार भएपछि बैंक र व्यवसायीको करोडौं रुपियाँ डुब्ने खतरा बढेर गएको व्यवसायीहरू बताउँछन् । मुकेशमाथि ग्लोबल आइएमई बैंक वीरगंज शाखाको १ करोड ३० लाख र वीरगंजका करिब ५० भन्दा बढी व्यवसायीको ३ करोड गरी साढे ४ करोडको ठगी गरेको मुद्दा पर्सा प्रहरीमा परेको छ । पर्सा प्रहरी उनको खोजीमा लागेको र हालसम्म कुनै सफलता हात पर्न नसकेको पर्सा प्रहरीले जनाएको छ । तर मुकेशका छिमेकी हरु भन्छन मुकेश भगाउन उनका चाचा प्रभु साह तेलीको मास्टर पलान थियो खोई प्रहरीले चाचा प्रभुसंग सोध पुछ गरेको ।