वीरगन्ज ९ साउन बुधवार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै वीरगन्ज महानगरपालिकामा अनियमितता र कमिशानखोरी चरम रुपमा बढेर गएको काँग्रेसका पर्सा सभापति अजयकुमार द्विवेदीले आरोप लगाए । बिगतमा ११ करोड रुपैया कर निर्धाण भएको मेडिकल कलेजसंग बिलम्ब जरिवाना समेत असुलउपर गर्नु पर्नेमा आधाभन्दा बढी करम छुट दिइएकोमा उनले आपति जनाए । यसको स्वतन्त्र र दबावरहित किसिमले छानबिन हुनुपर्ने र नगरप्रमुख बिजय सरावगी तथा सम्पुर्ण नगर कार्यपालिकालाई अनुसन्धानको दायरमा ल्याउनुपर्ने तर्क नेता द्विवेदीले गरे ।
त्यसै गरी एशियाली बिकास बैंकको सहयोगमा वीरगन्जमा सडक तथा नालाहरुको सुधारको योजना कार्यन्यवन गरिएपछि यहाँ डुबानको समस्या घट्नुको साटो बढेर गएकोमा अपसोस जनाए । यसको जाँचबुझ गराउनु पर्ने नगरप्रमुख आफै त्यसमा भएको अनियमिततामा साझेदार बनेको आरोप उनको छ । नगरप्रमुख सरावगीले भने बिवादित र आलोचित बनेको उक्त निर्माणको बचाउ गर्दै आएका छन् । काँग्रसको पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य शंकरप्रसाद चौधरी र राजेश्वरसाह तेली नेताहरुजनार्दन सिंहक्षेत्री, श्याम पटेल, जितेन्द्रपुरुष ढकाल लगायतको उपस्थिती थियो ।