वीरगंज, १० साउन । वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगीले महानगरबाट प्राप्त हुँदै आएको दानापानी बन्द भएपछि आफूसँग परापिजत नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी बकबकाउँदै हिड्न थालेको दाबी गरेका छन् । आफूनिकटमा केही व्यक्तिहरुसित मेयर सरावगीले यस्तो बताएका हुन् ।
महानगरबाट दानापानी र कमिशन खान पल्किएका द्विवेदीको चलखेल आफूले बन्द गराएकै कारण महानगर र आफ्नाबारेमा जथाभावी बोल्दै हिँडेको भनाई सरावगीको छ । द्विवेदीले अर्नगल प्रलाप गरीरहेको सरावगीले बताउँदै हिँडेका छन् ।
बुधवार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै द्विवेदीले वीरगन्ज महानगरपालिकामा अनियमितता र कमिशानखोरी चरम रुपमा बढेर गएको दाबी गरेका थिए । बिगतमा ११ करोड रुपैया कर निर्धाण भएको मेडिकल कलेजसंग बिलम्ब जरिवाना समेत असुलउपर गर्नु पर्नेमा आधाभन्दा बढी करम छुट दिइएकोमा आपत्ति जनाउदै उनले यसको स्वतन्त्र र दबावरहित छानबिन हुनुपर्ने माग गरेका थिए । नगरप्रमुख सरावगीलाई अनुसन्धानको दायरमा ल्याउनुपर्ने तर्क नेता द्विवेदीको थियो ।
त्यसै गरी एशियाली बिकास बैंकको सहयोगमा वीरगन्जमा सडक तथा नालाहरुको सुधारको योजना कार्यन्यवन गरिएपछि यहाँ डुबानको समस्या घट्नुको साटो बढेर गएकोमा असन्तोस जनाउदै यसको जाँचबुझ गराउनु पर्ने नगरप्रमुख आफै त्यसमा भएको अनियमिततामा साझेदार बनेको आरोप द्विवेदीले लगाएका थिए । नगरप्रमुख सरावगीले भने बिवादित र आलोचित बनेको उक्त निर्णयको बचाउ गर्दै आएका छन् ।