×

वीरगन्ज १३ साउन वीरगन्ज उधोग वणिज्य संघको आहवानमा आज वीरगंजका पसलहरू बन्द गरि घण्टाघरबाट विरोध जुलुस प्रदर्शन गर्दै महानगरका मेयर सरावगीको कार्यकक्ष घेराउ गरी ज्ञापन दिने कार्यक्रम रहेको सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले बताएका छन । महानगरपालिकाले एकीकृत सम्पत्ति कर अन्तर्गत घरजग्गा र मालपोतमा अत्यधिक कर वृद्धि गरे विरोधमा आज देखि आन्दोलनको घोषना गरेका छन । उनले गत वर्ष रु १३ हजार कर तिरेका महानगरवासीले यसपटक सोही कर रु ९३ हजारसम्म तिर्नुपरेको उदाहरण प्रस्तुत गर्दै वीरगन्जको ब्यसायहरुलाई आजको कार्यक्रममा सहयोग गरिदिन शर्माले आग्रह समेत गरेका छन । वीरगंज उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलन गरी वीरगंज महानगरले करको दरमा गरेको वृद्धिको विरोधमा चरणबद्ध आन्दोलन घोषणा गरेका थिए । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले पत्रकार सम्मेलनमा आपूmले लिखित तथा मौखिकरूपमा मेयर विजय सरावगीलाई महानगरले करको दरमा गरेको वृद्धि सम्बन्धमा पुनरावलोकन गर्न सुझाव दिएकोमा बेवास्ता गरिएको भन्दै आन्दोलनमा उत्रनुको विकल्प नरहेकोले हामी विरोधमा गएकाहौ सर्माले बताए । अध्यक्ष शर्माले नेपाल सरकार तथा स्थानीय सरकारले कर असुलीमा एकरूपता नल्याएको भन्दै दुःखेसो पोखे । उनले वीरगंज महानगरको जुन जग्गाको मूल्याङ्कन मालपोत कार्यालयले रु १ करोड तोकेकोमा सोही जग्गाको मूल्याङ्कन महानगरपालिकाले रु ८ करोड तोकेर कर असुली गर्नु नाजायज भएको तर्क प्रस्तुत गरे । यसैगरी, व्यवसाय करबापत वार्षिक रु १० हजार तिर्ने व्यापारीले अहिले रु २ लाख तिर्नुपरेको र होटल व्यवसाय कर पनि वार्षिक रु ५० हजारबाट बढेर रु १ लाख २५ हजार भएको बताए । स्वास्थ्य क्लिनिकबाट वार्षिक रु २ हजार कर असुली गर्दै आएको महानगरले चालू आवमा ५० हजार कर लिनु कुनै पनि हालतमा उपयुक्त नभएको अध्यक्ष शर्माले बताए ।

पत्रकार सम्मेलनमा कबाडी करको नाममा छड, सिमेन्टमा कर बढाइएको, सवारी साधन इन्धनमा २५ पैसा प्रतिलिटर र मोटरसाइकलको करमा समेत वार्षिक वृद्धि गरिएकोले महानगरपालिकाको विरोध गर्नुको विकल्प नरहेको उनले बताए ।

अध्यक्ष शर्माले करको दायरा बढाएर कर असुली बढाउनुपर्ने नीति अवलम्बन नगरेर महानगरपालिकाले करको दरमा वृद्धि गरेर कर तिर्नेहरूको ढाड सेक्ने काम गरेको र कर नतिर्नेहरूलाई करको दायरामा ल्याउन नसकेको बताए ।

Back to top