×

वीरगन्ज, ५ भदौ - आफूलाई वीरगन्जको नवधनपतिको रुपमा स्थापित गरेका शिवजी कलवार र उनका छोराले पैसाका लागि गरेको कर्तुत सार्वजनिक भएको छ । शिवजीका छोरा जगत साहले प्रत्यक्षरुपमा सञ्चालन गरिरहेको शिवम पल्सले तेस्रो मुलुकबाट ल्याएको दालमा लागेको जरीवनाबाट बच्न अपनाएको तिकडमले वीरगञ्ज सुक्खा बन्दरगाहका एक कर्मचारीको जागिरमात्र धरापमा परेको छैन, उनको कम्पनीलाई समेत कालोसूचीमा राख्ने तयारी भइरहेको बताइएएको छ ।

कलवारले क्यानाडाबाट आयात गरेको ३० कण्टेनर दाल भारतको विशाखापट्टनम्मा महिनौंसम्म छोडेपछि बन्दरगाहले उनलाई सवा करोड रुपैयाँ जरीवाना गराएको थियो । त्यो जरीवानाबाट बच्न उनले वीरगञ्जमा अपनाएको चलाखीले उनी आफैं कालोसूचीमा पर्ने निश्चित भएको छ । उनले बन्दरगाहलाई ७५ लाख भारतीय रुपयाँ जरीवाना तिर्नु पर्नेछ ।

गत जेठ १५ गते बजेट आउनुअगाडि नै वीरगञ्ज आइपुगेको कण्टेनर पास गराउन उनले सुक्खा बन्दरगाहमा आरआर पेश गर्नुपर्नेमा २ दिनभित्र पेश गर्ने लिखित मञ्जुरी गरेकोमा अहिलेसम्म उपलब्ध नगराएर आलटाल गरिरहेका छन् भने विना आरआरको कण्टेनर पास गर्ने कर्मचारीको जागिर धरापमा परेको छ । बजेट आएपछि दालमा राजश्व बढ्ने संकेत पाएका कलवारले त्यसबेला हतारमा दालको जाँचपास गराएका थिए ।

वीरगञ्ज बन्ददरगाहका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले ५० प्रतिशत जरीवाना मिनाहा गराइदिने आश्वसान दिए पनि उनले जरीवना नतिर्ने बताइरहेका छन् । विशाखापट्टनमबाट माल मगाउँदा कण्टेनर रोकिने डरले अहिले उनले विशाखापट्टनमबाट मालसामान मगाउन छोडेर कोलकाता बन्दरगाहबाट ल्याइरहेका छन् । कलवारको यो चलाखीले नेपाली व्यापारिक क्षेत्र नै बदनाम भइरहेको वीरगञ्जमा अन्य व्यापारीहरुको भनाइ छ ।

लिखित सकारअनुसार आरआर नबुझाएपछि शिवजीलाई आग्रह गर्न पुगेका सरोकारवालाहरुलाई उनले यो आफ्नो कारोबार नभएकोले जरीवाना नतिर्ने बताउँदै अल्मल्याउने प्रयास गरे पनि अन्तिममा केही सीप नलाग्ने देखेपछि सकार गरेका थिए । जरीवनामा ७० प्रतिशत छुट चाहिन्छ भन्दै बन्दरगाहसित बार्गेनिङ गरिरहेको बन्दरगाह स्रोतले बताएको छ ।

Back to top