×

वीरगन्ज ७ भदौ । निम्बस कम्पनीले उत्पादन गरेको खानेतेलमा तेजाब (एसिड)को मात्रा पाइएपछि उद्योगमा सिलबन्दी गरिएको छ ।

उद्योगको तेलको नमूनामा अत्यधिक तेजाबको मात्रा देखिएकाले उद्योग सिल गरी थप अनुसन्धान गर्ने निर्णय गरिएको आपूर्ति मन्त्री मातृका यादवले फेसबुकमा लेखेका छन् ।

मन्त्री यादवले फेसबुकमा लेख्नु भएको छ, ‘उपभोक्ता हितलाई ध्यानमा राखी गुणस्तरहीन बस्तुमा रोक तथा त्यस्ता उत्पादककर्तालाई दण्ड दिन दृढ़ रहेका छौँ ।’ लेखेका छन् ।

गत साउन २३ गते वीरगन्जको गण्डक चोक नजिकै रहेको जगदिश अग्रवालको निम्बस गुरुपको उद्योगमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले छापा मारेका थिए ।

जगदिश अग्रवालको निम्बस गुरुपले प्रो बायोटेक इण्डष्ट्रिज प्रालि उद्योगले खाने रिफाइन तेल, सोयाबिन र भटमासको तेल उत्पादन गर्दै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्रिय भेलामा सहभागी भएर मन्त्री यादव काठमाडौं फर्कने क्रममा निम्बस गुरुपको उद्योगमा छापा मारिगरेका थिए ।

नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालयबाट आएका प्राविधिक, जिल्ल प्रशासन कार्यालय पर्साका प्रतिनिधि र सुरक्षाकर्मीका साथ उद्योगमा पुगेका मन्त्री यादवले छापा मार्ने क्रममा उद्योगले उत्पादन गर्दै आएका सबै सामानको नमूना लिएर गएका थिए । ती नमूना परिक्षणका लागि नापतौल तथा गुणस्तर विभागको प्रयोगशालामा पठाउने छु । आज कार्वाही गरिएको कुरा मातृका यादवले आफनो फेसबुकमा लेख्नु भएको छ ।

Back to top