वीरगंज २२ भाद्रौं । वीरगंजमा रहेको पिरामीड एकेडेमीले आज स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । वीरगंजको भिशवा होटलमा आयोजना गरीएको स्वागत तथा सम्मान कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएका विधाथीहरुलाई स्वागत गरीएको थियो ।
साथै एकेडेमीका मेहेनती तथा जेहेन्दार विधार्थीहरुलाई कार्यक्रममा पिरामीड एकेडेमीबाटै जिल्ला उतीर्ण गर्नुभएकी अन्नु गुप्ता र देशभरीबाट मात्रै दस जनाको नाम निस्किने एरोसफ्ट ईन्जीनीयरीङ्गमा पुलचोक ईन्जीनीयरीङ्ग कलेजबाट नाम निकाल्न सफल पिरामीड एकेडेमीका मंदीप साहका अभिभावकलाई समेत सम्मानित गरीएको हो ।
कार्यक्रममा बिशिष्ठ अतिथी डा.दिपक शाक्यले मधेसी समुदायका विधार्थीहरु पहिलेको भन्दा धेरै ,शिक्षामा अव्वल हुन थालेको र सफल भएको प्रती खुशी व्यक्त गर्दै उहाँले अब यही हौसलाका साथ विकसित मधेस संगै शिक्षित मधेशका लागि पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।
सांसद प्रदीप यादव ,एकेडेमीका डाईरेक्टर विजय यादव, बिशिष्ठ अतिथी डा.दिपक शाक्य , डा. रवीन्द्र सिंह , एकेडेमीका प्रन्सीपल संजय कुमार सिँह , एकेडेमीका दुई सय भन्दा धेरै विधार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।