×

वीरगन्ज २२ भदौ । बीरगजको स्थानिय एक होटलमा ब्यूटीसियन संघ पर्साले शनिबार हिन्दु धर्मावलम्बी नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना अर्दान प्रदान कार्यक्रम गरेको छ ।

ब्यूटीसियन संघले आयोजना गरेका महिलाहरूको माहान पर्व हरितालिका तिज कार्यक्रमको उद्घाटन पर्सा क्षेत्र नम्बर १ का सांसद एवं कार्यक्रमका प्रमुख अथिती प्रदीप यादवले गरेका छन ।

गर्दा ज्ञान, धन, र शक्तिको श्रोत नारी भएकाले नारीको सम्मान गर्ने समाज विबेकशिल समृद्ध प्रगतिशिल हुने सांसद यादवले धर्ना ब्यक्त गरेका छन ।

शुभकामना अर्दान प्रदान कार्यक्रमको अवसरमा विभिन्न राजनितिक दलमा आवद नेता कार्यकर्ता ब्यूटीसियन संघका पददाधिकारी, शिक्षिका, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

हिन्दुु धर्मावलम्बी नारीहरुको महान पर्व हरितालिका तिज कार्यक्रमको अवसरमा ब्यूटीसियन संघ आबद महिला, शिक्षिका, महिला संचारकर्मी तथा विभिन्न संघ सस्थाका महिलाहरु दर खाई तिज गितमा रमाए तथा शुभकामना अर्दान प्रदान गरेको ब्यूटीसियन अध्यक्ष मन्दा श्रोष्ठ बताउनु भयो ।

अवसरमा प्रदेश सांसदहरू करिमा बेगम,रागनी बर्णवाल,बीरगज माहानगरका मेयर बिजय सरावगी उप मेयर शान्ति कार्की, सुन्दर कुर्मी, ईश्वर यादव लगायतका उपस्थित रहेका थियो ।

Back to top